Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

विचार

 रेडियोमा वोल्ने रहर
अवतार राई
 भोजपुर अन्नपुर्णका चण्डीप्रसाद घिमिरे ले जव रेडियो वाट जिल्लामा रेडियो उद्घोषण तालिम हुने सुचना सुने तव घिमिरेलाई तालिममा सहभागी भई रेडियोमा काम गर्ने जोश वढेर आयो । तर रेडियो तालिममा सहभागी हुन उनका लागी सहज वातावरण भने थिएन ।

एक त उनको कक्षा १२ को परिक्षा नजिकिदै थियो भने अर्काे तिर घरमा आमा वावाले पनि सहज रुपमा लिदैदनन् भन्ने उनको अनुमान थियो । घरमा कुरा चलाए अत्यन्त कठिन वातावरणमा उनले घरमा कुरा मिलाए तर जिल्लामा गएर तालिम लिनका लागी आवस्यक खर्चाको समस्या परिवारमा भयोे । घरमा रहेको एउटा पाडा विक्री गरि आएको रकम वोकेर तालिम लिन घिमिरे भोजपुर हान्निए । रेडियोमा काम गर्ने उनको चाहाना अव पुरा भए जस्तो भयो उनलाई जव उनी घरवाट खर्चावर्चा लिएर तालिम लिन सदरमुकाम हान्निएका थिए । अन्नपुर्णका चण्डीप्रसाद घिमिरे मात्र होईनन् उनि जस्ता तालिममा सहभागी हुन आएका ३७ जना प्रशिक्षार्थीहरुको रेडियोकर्मी वन्ने चाहाना मा धेरै ठुलो कठिनाई पार गरेर सहभागी भएका थिए ।
 तालिममा सहभागी हुनसाथ सफल रेडियोकर्मी हुन्छु वन्छु भन्ने चाहाना ले गर्दा आजा यो क्षेत्रमा ठुलो लर्काे लहर वन्ने गरेको पाईएको छ । तर त्यो सस्तो लोकप्रियताको आशा मात्र हो । आज लगभग ४०० रेडियोहरु देशभर खोलीएको छ । ति खोलिएका रेडियोहरुमा हजारौ रेडियोकर्मीहरु कार्यरत छन् । ति रेडियोकर्मीहरुमा केहि रेडियोकर्मीहरुलाई हामी चिन्ने गर्दाछौ । ति मध्ये पनि केहि कार्यक्रम प्रश्तोताको मात्रा कार्यक्रमहरु श्रोताहरुले नियमित सुनिरहेको हुन्छन् । ति रेडियोकर्मी मात्र सफल हुन् जस्ले नियमित श्रोता पाएका छन् । अनि हामी हजारौ रेडियोकर्मीको विचमा उभिन खोज्नु मात्र सफल रेडियो कर्मी हु भनेर गर्व गर्न खोज्नु सस्तो लोकप्रियताको अगाडी दौडन खोज्नु मात्र हो । चाहाना ईच्छा हुनु ठुलो कुरा होईन । ठुलोे कुरा त त्यो हो जस्ले ति चाहाना ईच्छालाई ति पछाडीका चुनौतिहरुलाई सहज पार गर्न सक्छु भन्ने अठोट गर्छ साथसाथै चुनौति संगसंगै निरन्तर पौठेजोडी खेल्छ ।
 पछिल्लो समयमा छ्यासछ्यास्ती खुलेका रेडियोहरुले रेडियोकर्मी बन्ने चाहाना र ईच्छा वोकेका   व्यत्तिको चाहाना पुरा त गरेका छन् । तर लक्षित श्रोताको चाहाना र ईच्छा कम पुरा भएको जस्तो भान हुन्छ । आफ्नो ईच्छा भन्दा पनि लक्षित श्रोताको रेडियो सुन्ने चाहाना र ईच्छालाई पुरा गर्न सक्नु नै सफल रेडियोकर्मी हो । धेरै श्रोताहरु आज राम्रा कार्यक्रम भन्दा झुर कार्यक्रम भन्न वढि थालेका छन् । जव एउटा कार्यक्रम प्रस्तोता कार्यक्रममा श्रोतालाई स्वागत गरिरहेको हुन्छ यता श्रोता भने कार्यक्रम प्रश्तोतालाई विदा गरिरहेको हुन्छ अर्थात अर्काे च्यानल तिर रेडियोको नभ घुमाउन थालिसकेको हुन्छ । ति श्रोतालाई स्थिर वनाउने काम कार्यक्रम प्रश्तोता को हो । श्रोतालाई आफ्नो नाम सुनाउनु ठुलो कुरा होईन । यहा नाम सुनाउने को होडवाजी पनि छ आच्कल । नाम सुनाउन साथ अनि कसैले सुनिदिनासाथ लोकप्रियता को शिखर नै चुमे भन्ने चाहाना धेरै जसो रेडियोकर्मीले नवोकेका भने होईनन् । हुन त नामका लागी धेरैले धेरै तरिकावाट आफ्नो परिचय दिईरहेको हुन्छ । हजारौ रेडियोकर्मी विचमा किन औलामा राख्न सकिने नामहरुमात्र श्रोताले चिन्न सक्छन् ?
 रेडियोकर्मी वन्ने होडवाजीमा अधिकांस युवापिढीको संलग्नता छ । उमेर अनुसारको चाहाना हुनु स्वभाविक हो । कस्तो कार्यक्रम उत्पादन गर्ने भन्दा उनिहरुको लागी मनोरन्जनात्मक कार्यक्रम भन्दा फरक, सिर्जानशिल र मौलिक विषय आउदै आउदैन । किनभने उनिहरु त्यस्तै कार्यक्रमहरु वाट प्रभावित भएका छन् । तर मनोरन्जनात्मक कार्यक्रमले सिर्जानसिलता पटक्कै देखिदैन । रेडियोकर्मी वन्नु भनेको सिर्जानशिल वन्नु पनि हो । मौलिकतालाई टपक्क टिप्न सक्ने खुविको विकास गर्नु पनि हो । समाजमा छरिएर रहेको विषयवस्तुलाई केन्द्रित गर्न सक्नु हो । समाजमा रहेका छरपस्ट विषयवस्तुहरु लाई टिप्न सक्ने सिर्जनशिल व्यक्तिहरुको खोजिमा छन् अधिकांस रेडियोहरु । फलामलाई सियो वनाउन सकिन्छ की भन्ने आशामा छन् ति सन्चार गृहहरु र त टपक्क टिप्छन् चाहाना ईच्छा वोकेका रेडियोकर्मीहरुलाई । तर त्यसको ठिक उल्टो परिणाम छ । रेडियोले सोचेको भन्दा फरक सिर्जानसिलता वन्न सकिरहेका छैनन् रेडियोकर्मीहरु । मौलिकतालाई टिप्न सकिरहेका छैनन् । छेउमा रहेका विषयवस्तुहरुलाई लात हानिरहेको अवस्था छ र पनि घोरिरहेका छन् कुन विषय वस्तु उठाउने होला ?
 हरेक परिवर्तनको आन्दोलनमा महत्वपुर्ण भुमिका निभाएका सन्चार संस्था प्रति जनताको भरासिलो आशा थियो । यसलाई अझ भरासिलो आफ्नो पहुच स्वामित्वमा वनाउन सामुदायिक रेडियोको अवधारणा ल्याई स्थानिय स्तरमा रेडियो खोलिन थालियो । स्थानिय स्तरमा खोलिएको रेडियोले समुदायलाई अपनत्वको भावना विकसित गराउनको सट्टा फाटो ल्याउन सक्ने सम्भावना र चुनौति उक्तिकै छ । यस विचमा उभिएर काम गर्नु आजको रेडियोकर्मीहरुको लागी ठुलो चुनौतिको रुपमा देखिन्छ । अस्वस्थ प्रतिस्पर्धा रेडियो स्थापना मा हुनु पनि आजको प्रमुख समस्या हो । जस्ले सिर्जनशिल रेडियोकर्मी को अभाव सिर्जना गरिरहेका छन् । अलिकति चाहाना भएकाहरुलाई सोहोर्ने प्रवृक्ति अधिकांस रेडियोहरुमा देखिन्छ । यस खालको प्रवृत्तिले गर्दा पनि आज स्थानिय रेडियोहरुलाई दिनदिनै समस्या पर्न थालेको छ ।
 रेडियोका लागी आज खास आवस्यकता सिर्जनसिल व्यक्तिहरुको छ । रहरको लहरमा वस्नु भन्दा पनि क्षमता र खुविको विकास गरि यो क्षेत्रमा प्रवेश गर्न सके सफल रेडियोकर्मी वन्ने चाहाना अवस्य पुरा हुन सक्नेछ । गफ जस्तै काम अनि काम जस्तै गफ गरे यो क्षेत्रमा टिक्ने वातावरण वन्न सक्नेछ । सन्चारकर्मी रेडियोकर्मी को समाजप्रति ठुलो दायित्व हुन्छ । अनि मात्र  समाज प्रतिको तपाईको दायित्व त्यतिवेला देखिनेछ ।                                                                 
                                                                                                                                                                                                awotar222@gmail.com

0 comments:

Post a Comment