Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Tuesday, September 10, 2013

भैसीविक्रीवाट १० लाख वरावरको आम्दामी

भोजपुर — भोजपुरको तिम्मा गाविसको वडा नं ३ सुम्लिखा वाट साउन महिनामा १० लाख वरावर को आम्दामी भैसिविक्री वाट भित्रिएको छ । पशुपालन व्यवसायमा संलग्न तिम्मा १ सुम्लिखामा रहेको ६० घरधुरी पशुपालक कृषकहरुले यस्तो आम्दामी गरेका हुन् । विक्री भएको भैसिहरु भोजपुरको साङपाङ्ग , किमालुङ्ग , खार्तम्छा लगाएत अन्य विभिन्न गाविसहरुमा  निर्यात भएको तिम्मा १ निवासी संगम राईले बताए ।

 भैसि विक्री विशेष गरेर असार , साउन महिनाको समयमा हुने गरेको पाईएको छ । अधिकतम मुल्य रु ७७ हजार सम्म भैसि किनवेच भैरहेको तिम्मा का छत्रवहादुर राउत ले वताए ।   विक्री भएका भैसीहरु मध्ये १ माउ भैसी रु ७७ हजारमा राउतले उत्कृष्ट मुल्यमा विक्रि गरेका छन् । कृषकहरु संग अझै पनि १० देखी १२ लाख सम्म को भैसी विक्री गर्ने अवस्थामा मौज्दात रहेको समेत रहेको छ ।पर्याप्त वनजङगल,चरणक्षेत्र , जलस्रोत भएको  तिम्माका  १ ,२ , ३ , ६ , ८ वडाहरु पशुपालन  व्यवसायका लागी उत्तम रहेको छ ।



0 comments:

Post a Comment