Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Thursday, September 4, 2014

दलित सिप विकास केन्द्रद्धारा दुर्गम माविका २० छात्रालाई पोशाक वितरण

भाद्र १९
दलित सिप विकास केन्द्र भोजपुरले जिल्लाको दक्षिणी जनज्योति माध्मिक विद्यालय पात्लेपानीका २० छात्रालाई तयारी पोशाक वितरण गरेको छ । विहिवार एक कार्यक्रमका विच विद्यालयका प्रध्यानाध्यापक पठनवहादुर राईलाई प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले पोशाक हस्तान्तरण गरेको हो । 


दलित समुदायका व्यत्तिहरुलाई विभिन्न सिप तथा तालिमहरु सन्चालन गरिरहेको सिप विकास केन्द्रले जिल्ला विकास समितिको सहयोगमा सन्चालन भएको ३ महिने सिलाई कटाई तालिमवाट तयार भएको पोशाक वितरण गरिएको केन्द्र का अध्यक्ष रविन शिवाले वताउनुभयो । तालिममा सहभागिले उत्पादन गरेको तयारी पोशाकलाई सहि सदुपयोग गर्न दलित समुदायका अत्यन्त विपन्न समुदायहरु वसोवास गर्ने जिल्लाको दुर्गम गाविस पात्लेपानीका दलित विद्यार्थीलाई हस्तान्तरण गरिएको अध्यक्ष शिवाले वताउनुभयो । विद्यालयमा पठनपाठन गर्ने दलित विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको पोशाक वितरणले उनिहरुलाई ठुलो सहयोग हुने विद्यालयका प्रध्यानाध्यापक पठनवहादुर राई ले वताउनुभयो । खास समुदायको उत्थानका लागि ति समुदायहरुले नै संगठित कार्य गर्न सके मात्र राज्यले लिएको समावेशीताको नीति पुर्ण कार्यन्वयन हुन सक्ने कार्यक्रमका प्रमुख अतिथी दिलकुमार तामाङ्गले वताउनुभयो । 

0 comments:

Post a Comment