Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Tuesday, July 30, 2013

डुवान हुने हल्लाले लेगुवावासी रातभरि जागै

अवतार राई
भोजपुर — पुर्वी पहाडी जिल्ला भोजपुर र धनकुटा विच भएर वग्ने अरुण नदिमा सोमवार बाढी आएको खवरले नदीका किनाराका वासिन्दाहरु रातभर जागै वसे । 
 वेलुकी आठ वजेतिर भोजपुर धनकुटा विच लेगुवा का वासिन्दाहरु आवस्यक सामग्री तथा आफन्त परिवार संगै भएर डुवान को खवर आउन साथ डाँडातिर लाग्न थाले ।  नदीमा पानीको वहावमा एक्कासी वृद्धि भए संगै वरिपरिका क्षेत्रहरु डुवान भएको खवर वारिपारि आउनले लेगुवा वासिन्दामा त्रास उत्पन्न भएको थियो ।

 वारिपारि होहल्लाले तिव्रता पाएपछि टाढाटाढा रहेका आफन्तहरुले समेत हैरानै पारेको स्थानिय जरायोटार गाविसका सुरेन्द्र श्रेष्ठले वताए । होहल्लाले यतिको तिव्रता पाएको थियो की अरुण नदिको लेगुवा पुरै डुवानमा पर्र्यो । स्थानिय वासिन्दा संगै अरुण नदिको वाढीको हल्लाले स्थानिय प्रहरिचौकी जरायोटार , दिंला , लेगुवा लाई समेत रातभरि जागा तथा व्यस्त वनाएको थियो ।  स्थानिय प्रहरि समेत शसंकित रहेको सो हल्लाको वास्तविकता पत्ता लगाउन हम्मेहम्मे परेको थियो । 
 संखुवासभाको माथिल्लो भेगवाट नदिको सतह वढेको तथा नदी धमिलो देखिएको तर क्षति भने केहि नभएको संखुवासभा प्रहरिलाई उदृत गर्दै जिल्ला प्रहरि कार्यलय भोजपुर ले जनाएको छ । प्रहरिका अनुसार कतै पहिरो गएर नदी थुनिएको र पछि पानीले खोलेको हुनाले नदीमा त्यस्तो परिवर्तन आएको हुनसक्ने अनुमान गरिएको छ ।

0 comments:

Post a Comment