Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

पर्यटन

ओझेलमा पातले गुफा
चम्पेको पातले गुफामा पस्दै गर्दा
अवतार राई
पुर्वि पहाडी जिल्ला भोजपुर सदरमुकाम वाट पुर्व तर्फ करिव ७ कोष टाढा रहेको चम्पे गाविस मा पर्यटकलाई आकर्षित पार्ने विभिन्न प्राकृतिक सम्पदाहरु भएता पनि आवस्यक प्रचारप्रसारको अभावमा खासै महत्व बोक्ने गरेको छैन । त्यहा रहेको पातले गुफा , सिर्मुने डाडा , ओख्ले दह , अनि वरिपरि देखिने डाडाकाडा पहाड हिमाल को मनोरम दृष्यले सायदै चम्पे गाविस पुग्ने जो सुकैको मन पनि प्रफुल्ल नहोला भन्न सकिन्न । धार्मिक तथा ऐतिहासिक महत्व वोकेको पातले गुफाको त झन छिमेकी गाविसको केहि मानिस वाहेक आवस्यक प्रचारप्रसार नभएको अवस्था छ । यसको प्रचारप्रसारमा न स्थानिय नै संगठित रुपमा लागेको पाईन्छ भने सरोकार वाला को समेत आखाँ परेको छैन ।
  परापुर्व कालमा महादेव र पार्वति पृथ्वीमा घुम्दै फिर्दै आउदा पार्वतिलाई झुक्याउनका लागी अहिले रहेको चम्पे गाविसको वार्ड नं ८ मा जमिन भित्र गुफा वनाई लुकेको र सो गुफा को निर्माण भएको ऐतिहासिक कथन रहेछ । सो गुफामा करिव १०० वर्ष अगाडी स्थानिय एकजना एस्माली मगर भन्ने व्यक्ति नियमित रुपमा गुफा भित्र पसि पुजापाठ गर्ने गर्दथे । एकदिन नियमित पुजापाठ गर्नका लागी गुफा भित्र पस्दा बाघ सुतिरहेको थिएछ । त्यस दिन देखि एस्माली मगर पनि गुफामा पुजापाठ गर्न नै बन्द गरिदिए । पछि गोठालेहरुले गुफा भित्र ढुङगा हान्ने गरेको तर त्यहा पस्ने आट भने कसैले गर्न सकेको थिएन । ढुङगा खसाल्दा निक्कै तल सम्म खस्ने गरेको स्थानियहरुले अनुुभव गर्ने गरेको थियो । ढुङगा खसाल्दै जादा अनि भल वाढी आएर पस्दा सो गुफाको गहिराई घटेको कुरा स्थानियहरुले वताउने गरेको छ । एकदिन स्थानिय गोठालेहरुले बाखा चराउने क्रममा एउटा वाख्रा हराएको र खोज्दै जादा गुफा भित्र पसेको पाईएछ । त्यसपछि वाख्रालाई निकाल्नका लागी गोठालेहरु सो गुफामा पसेर वाख्रा निकाले वाट स्थानियहरु पातले गुफामा पस्न थालेको रहेछ ।
  पातले गुफा पस्ने द्धार सिधा गहिरो करिव ८ मिटर रहेको छ । सिधा ८ मिटर जति गहिराई मा पसेपछि पुर्व पट्टि करिव १५ मिटर पर सम्म जान सकिने द्धार छ । त्यस पछिको पनि द्धार भएता पनि जान भने सकिदैन । त्यहा पुजा आजा गरिने गरिन्छ । पुन फर्किएपछि सिधा निक्लने द्धार भन्दा तेर्साे पश्चिम पट्टि १० मिटर जति तेर्सिन सकिने द्धार रहेको छ । त्यहा वाट पुन फर्किएपछि पहिले पसेको वाटो वाट नै निक्लन सकिन्छ ।
 चम्पे गाविसको पातले गुफाको लागी अहिले छुट्टै गुफा व्यवस्थापन समिती वनेको छैन । स्थानिय पातले सामुदायिक वन समुहले त्यसलाई रेखदेख गर्ने गरेको छ । गुफालाई व्यवस्थित गर्न भने अहिले स्थानियहरु लागीपरेको देखिएको छ । गुफाको वरिपरी पर्खाल लगाउने काम गाविस बजेट वाट भैरहेको देखिन्छ । स्थानिय रुपमा चर्चाको राम्रो विषय वनेको पातले गुफामा ०६२ साल देखि वर्षको २ पटक बालाचतुर्दशी र रामनवमीमा मेला लाग्ने गरेको छ । मेला लगाउनका लागी स्थानिय मगर समुदायका महिलाहरुको विशेष पहल रहेको थियो ।  मेलामा स्थानिय गाविस भित्रका र वरिपरी प्याउली ,याङ्गपाङ, चरम्वी र केहि अन्य गाविसहरुवाट लगभग १००० जनाको मेलामा सहभागीता हुने गरेको  स्थानिय पदमवहादुर राईले भने । धार्मिक र ऐतिहासिक महत्व वोकेको पातले गुफा मा आउनेको सङख्या दिनदिनै बढिरहेको छ स्थानिय राईको भनाई थियो । गुफालाई व्यवस्थित गर्नका लागी पहल थालनि गरिरहेको स्थानियहरुले वताए ।
पातले गुफाको प्रवेशद्धार

 कति कुराहरु हामीले आफ्नै ठाउ परिवेश मा सांस्कृतिक , ऐतिहासिक , भौगोलिक , धार्मिक लगाएत विशेष महन्व वोकेका कुराहरुको संरक्षणमा त्यति ध्यान नदिईरहेको पाउछौ । नजिकको तिर्थ हेला भन्ने उखान हाम्रो समाजमा रहेको ति धरोहरको संरक्षणमा नलाग्दा ठ्याक्कै मेल खाएको अनुभुती हुन्छ । तर ति धरोहरहरुलाई संरक्षण गर्न सके र त्यसको महत्व र ऐतिहासिकतालाई सार्वजनिक गर्न सके आन्तरिक तथा वाह्य पर्याटकलाई गाउमा भित्राउन सकिन्छ । साथसाथै गाउ विकासका लागी आर्थिक उपार्जन गर्ने गतिलो माध्यम पनि वन्न सक्छ । त्यस्तै देखिन्छ पातले गुफाको सम्भावना । स्थानियमा सिमित भएको गुफाको महत्व र ऐतिहासिकतालाई फैलाउन लागी परे आन्तरिक तथा बाह्य पर्यटक लाई तान्न सकिन्छ । पातले गुफा मात्र हैन त्यहाको आकर्षण गुफाको शिरमा रहेको सिरमुने डाडा , ओख्ले दह अनि मनोरम दृष्य ले चम्पेको प्राकृतिक सम्पदा संग रमाउन पुगेका जो सुकैको पनि मन लाई आनन्दित वनाउने स्थलहरु पर्याप्त छन् । यसका लागी सर्वप्रथम त स्थानिय नै यसको संरक्षण र संवद्र्धन का लागी अगाडी वढ्नु पर्दछ , दरिलो दिर्घकालिन लक्ष्य र उद्धेश्यका साथ अगाडी वढे पातले गुफाको असली संरक्षण र संवद्र्धन हुने छ ।
  

0 comments:

Post a Comment