Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Tuesday, August 27, 2013

भोजपुरको टक्सारमा श्रीकृष्णजन्माष्टमी मेला शुरु

भाद्र ११
भोजपुर
—भोजपुरको ऐतिहासिक स्थान टक्सारमा टक्सार मेला शुरु भएको छ । मंगलवारवाट शुरुभएको मेलामा सांस्कृतिक झाकीहरु , सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु , स्थानिय जातिय परिकारहरु , मनोरन्जनात्मक स्टलहरु विशेष आकर्षणको रुपमा रहेको छ । 
 श्री कृष्ण जन्माष्टमीको अवसर पारि मेलाको आयोजना गरिएको हो । ऐतिहासिक श्री कृष्ण जन्माष्टमी मेलामा सहभागि हौ , टक्सारको सांस्कृतिक पहिचानलाई संरक्षण गरौ भन्ने नाराका साथ मेलाको आयोजना गरिएको हो । नेपालको ऐतिहासिक थलो को रुपमा रहेको टक्सारको सांस्कृतिक महत्वलाई संरक्षण तथा संवद्र्धन गर्ने हेतुले मेलाको आयोजना गरिएको हो ।

Monday, August 26, 2013

राप्रपा भोजपुरको प्रत्यक्ष तथा समाणुपातिक उम्मेदवार छनौट

भाद्र ११
भोजपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी भोजपुरले संविधानसभाको दोश्रो निर्वाचनका लागी प्रत्यक्ष तथा समाणुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमवार वसेको जिल्ला समिति को वैठकले दवै क्षेत्रका लागी प्रत्यक्ष र समाणुपातिक तर्फ प्रस्तावित १४ जनाको नाम सिफारिस गरेको हो । प्रत्यक्ष तर्फ क्षेत्र नं १मा अम्विका प्रसाद ढकाल डम्वर वहादुर राई र हर्कराज राई सिफारिसमा परेका छन् ।

Wednesday, August 21, 2013

भोजपुरमा खम्बुवानको उम्मेदवार छनौट

अवतार राई , भाद्र ५
भोजपुर — खम्वुवान राष्ट्रिय मोर्चा नेपाल भोजपुरले २ क्षेत्रको प्रत्यक्ष तथा समाणुपातिक उम्मेदवार सिफारिसको लागी छनोट गरेको छ । बुधवार वसेको जिल्ला समिति वैठकले भोजपुर क्षेत्र नं १ का लागी हाङछा खम्वु र निलकुमार खम्वु लाई प्रत्यक्षमा चयन गरेको हो । क्षेत्र नं २ का लागी हाङिखम राजु खम्वु र ऋषिधन खम्वुलाई प्रत्यक्ष उम्मेदवारका रुपमा पार्टीले सिफारिस गरेको हो । समाणुपातिक उम्मेदवार तर्फ ६ जनाको नाम सिफारिस गरिएको छ ।

Sunday, August 18, 2013

समाणुपातिक सिट संख्या घटाउनु अन्तरिम संविधानलाई कुल्चिनु हो — रामसिंह राई

अवतार राई , भाद्र २
भोजपुर — ४ दलिय सिन्डिकेटले अन्तरिम संविधानलाई कुल्चिनएर समाणुपातिक सिट संख्या घटाउने प्रयास गरेको संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य रामसिंह राईले वताउनु भएको छ । समाणुपातिक सिट संख्या घटाएर अल्पसंख्यक , सिमान्तकृत , दलित , महिला , आदिवासी जनजातिको प्रतिनिधित्व घटाउने प्रयास गरिएको राईको भनाई थियो । साउन ३२ र भाद्र १ गते २ दिने छैटौ जिल्ला वैठकको निर्णाय सार्वजनिक पत्रकार संमेलनमा राईले यस्तो वताउनु भएको हो ।

Friday, August 16, 2013

म्याद गुज्रेका सामग्री नष्ट

भोजपुर — भोजपुर १ देउरालीमा शुक्रवार वजार अनुगमण गर्ने क्रममा म्याद गुज्रेका सामग्री भेटिएपछि नस्ट गरिएको छ । देउराली प्रगति चोकमा रहेको देउराली किराना पसलमा कोकाकोला र स्प्राईट का वोत्तलहरु नस्ट गरिएको हो । जिल्ला प्रसासन कार्यलय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मेखवहादुर मंग्रान्तीको नेतृत्वमा गएको अनुगमण टोलीले शुक्रवार भोजपुरको देउरालीमा छड्के अनुगमण गरेका थिए ।

Thursday, August 8, 2013

यायोक्खाको २६ औ स्थापना दिवश मा छात्रवृत्ति वितरण

भोजपुर — किरात राई यायोक्खाको २६ औ स्थापना दिवशको अवसरमा मंगलवार अक्षयकोष तथा छात्रवृक्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । पुर्खाैली भुमी र पहिचानको रक्षार्थ हाम्रो अभियान किरात स्वायत्त राज्य सहितको नयाँ संविधान भन्ने मुल नाराका साथ मनाईएको कार्यक्रममा ३ जना गरिव , असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।