Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Tuesday, August 27, 2013

भोजपुरको टक्सारमा श्रीकृष्णजन्माष्टमी मेला शुरु

भाद्र ११
भोजपुर
—भोजपुरको ऐतिहासिक स्थान टक्सारमा टक्सार मेला शुरु भएको छ । मंगलवारवाट शुरुभएको मेलामा सांस्कृतिक झाकीहरु , सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु , स्थानिय जातिय परिकारहरु , मनोरन्जनात्मक स्टलहरु विशेष आकर्षणको रुपमा रहेको छ । 
 श्री कृष्ण जन्माष्टमीको अवसर पारि मेलाको आयोजना गरिएको हो । ऐतिहासिक श्री कृष्ण जन्माष्टमी मेलामा सहभागि हौ , टक्सारको सांस्कृतिक पहिचानलाई संरक्षण गरौ भन्ने नाराका साथ मेलाको आयोजना गरिएको हो । नेपालको ऐतिहासिक थलो को रुपमा रहेको टक्सारको सांस्कृतिक महत्वलाई संरक्षण तथा संवद्र्धन गर्ने हेतुले मेलाको आयोजना गरिएको हो ।

 प्रत्यक वर्ष श्री कृष्णजन्माष्टमीको दिन लाग्ने गरेको मेला यसपाली भने ३ दिन सम्म लाग्नेछ । टक्सार गाविसको सहयोगमा श्री कृष्ण जन्माष्टमी मेला आयोजक समितिले मेलाको आयोजना गरेको हो । मेलामा कृषि प्रदर्शनी , औद्योगिक प्रदर्शनी , सांस्कृतिक झाकी प्रदर्शनी , सांस्कृतिक कार्यक्रम , नेवारी परिकारहरु तथा मनोरन्जनात्मक स्टलहरु मेलाको विशेष आकर्षण रहेको छ । टक्सारको सांस्कृतिक पहिचानलाई संरक्षण तथा संवद्र्धन  गर्ने उद्धेश्यले यसपाली वाट ३ दिन मेला आयोजना गर्न लागीएको आयोजक समितिका सचिव विमल रणपहेलिले वताए ।

0 comments:

Post a Comment