Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Wednesday, November 20, 2013

भोजपुरमा ७५ प्रतिशतले मतदान गरे

भोजपुर—संविधानसभा सदस्यको निर्वाचन ०७० मंसिर ४ गते भएको निर्वाचनमा भोजपुरवाट ७५ दशमलप ०८ प्रतिशत मत खसेको छ । विहान ७ वजे वाट वेलुका ५ वजे सम्म मतदान को समय भए पनि विहान ७ वजे वाट नै मतदाताको मतदान केन्द्रमा घुईचो लागेको थियो ।

४६ हजार ६९ मतदाता रहेको भोजपुर निर्वाचन क्षेत्र नं १ मा  प्रत्यक्ष तर्फ ३४ हजार ९० र समानुपातिक तर्फ ३४ हजार ५ सय १७ मत खसेको छ । यसैगरि ४४ हजार ८ सय ७३ मतदाता रहेको निर्वाचन क्षेत्र नं २ तर्फ प्रत्यक्ष मा ३५ हजार ५ सय ४६ र समाणुपातिक तर्फ ३५ हजार ५ सय ७९ मत खसेको हो । भोजपुरमा ९० हजार ९ सय ४३ मतदाता संख्या रहेको छ । मतदान केन्द्रवाट मत पेटिका वुधवार राति १० वजे सम्म आईसक्ने र विहिवार विहान १० वजे वाट मतगणना गर्न शुरु गर्ने  मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले वताउनुभएको छ ।
 छिटफुट घटनावाहेक जिल्लाभर शान्तीपुर्ण ढंगले मतदान कार्य भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । ऐतिहासिक संविधानसभाको निर्वाचन मा जनताको उत्साहलाई कम रुपमा आकलन गरिए पनि निर्वाचनको दिन भने मतदातामा अधिक उत्साह देखिएको थियो । जिल्लाका ७७ स्थानमा १४० वटा स्थायि मतदान केन्द्र निर्धारण गरिएको थियो । त्यसै गरि अस्थायी मतदान केन्द्रहरुमा कारागार , कर्मचारी र सुरक्षाकर्मीहरुका लागि थप ३ वटा अस्थायी मतदानकेन्द्र राखिएको थियो । सम्पुर्ण मतदान केन्द्रहरुमा युवा , वृद्धवृद्धा तथा शारीरिक रुपमा अशत्तता भएकाहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । भोजपुर गृहमन्त्रालय अन्तर्गत सुरक्षित जिल्ला मानिए पनि यस क्षेत्रका मतदान केन्द्रहरु असुरक्षित रहने विश्लेषण अधिकांसले गरेका थिए । तर ०६४ को निर्वाचन भन्दा यस पटकको निर्वाचनमा मतदाताको उपस्थितिले संविधान संगै विकास निर्माणलाई विजयी उम्मेदवारले प्राथमिकता दिनु पर्नेमा जोड दिएको पाईन्थ्यो । 

0 comments:

Post a Comment