Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Thursday, November 28, 2013

संघियका सचिव माथी आक्रमण प्रयास


भोजपुर—संघिय समाजवादी पार्टी नेपालका सचिव माथी नेकपा एमालेका कार्यकर्ताले गरेको घेरावन्दी अराजक शैली को पराकाष्ट भएको संघिय समाजवादी पार्टी भोजपुरले जनाएको छ ।  बुधवार  पत्रकार सम्मेलन गरि पार्टीले ४० ५० जनाको समुहले उछृङखल र गुण्डागर्दि शैलीमा सांङघातिक आक्रमण गर्ने प्रयास गरिनु जितको उन्माद रहेको वताएको छ ।

 सोमवार राति ८.३० वजे संङघीय समाजवादी पार्टी भोजपुरका जिल्ला सचिव तथा भर्खरै सम्पन्न संविधानसभा सदस्यको निर्वाचन ०७० मा भोजपुर क्षेत्र नं २ का उम्मेदवार आसकुमार राई को भोजपुर डाडागाउमा रहेको डेरामा आक्रमणको प्रयास गरिएको थियो । भोजपुरको दक्षिणी गाविस रानिवास को लुङिगणमा आफ्ना कार्यकर्ताहरु टिकाराम राई र राजकुमार राई माथी संघियका कार्यकर्ताहरुले हातपात गर्ने आदेश दिएको भन्दै एमालेका जिल्ला सदस्य मक्कर खड्काको टोलीले आक्रमणको प्रयास गरेको संघियले वताएको छ । 
 नेकपा एमालेको यस्तो अराजनैतिक घटना प्रति जिल्ला नेतृत्वले माफी नमागे जस्तोसुकै चुनौति मोल्न तयार रहेको संघिय समाजवादी पार्टी का केन्द्रिय सदस्य तथा भोजपुर ईन्चार्ज रामसिहं राईले वताउनुभयो । आफुलाई हात्ति र संघिय समाजवादी पार्टी लाई मुसा सम्झिएर अराजक शैली अपनाएको एमालेले आफुलाई नसच्याय त्यस्तै रुपमा प्रस्तुत हुन तयार रहेको राईले वताउनुभयो । 
 यता नेकपा एमालेले भने आक्रमणको प्रयास केहि नभएको आफ्ना कार्यकर्ता माथी भएको कुटपिट वारे वुझ्न गएको वताएको छ ।  नेकपा एमालेका कार्यकर्तामाथी भएको हातपात प्रति संघिय सच्चिनु पर्ने वताउनुहुदै यदि यस्तो व्यवहार देखाए जस्तोसुकै चुनौति मोल्न पनि एमाले तयार रहेको एमाले भोजपुर जिल्ला सचिव शरणकुमार राईले वताउनुभयो ।

0 comments:

Post a Comment