Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Monday, June 23, 2014

श्यामशिला भोजपुर सडक खण्डमा ५ दिन सवारीसाधन वन्द हुने

 भोजपुर , असार १०
 भोजपुर लेगुवा सडक खण्ड अन्तरगत श्यामशिला भोजपुर सडक खण्ड ५ दिनको लागि सवारी साधन आवतजावतमा वन्द गरिने भएको छ । आईतावार जिल्ला प्रशासन कार्यलय भोजपुरमा वसेको सर्वदलिय सर्वपक्षिय भेलाको सहमतीमा मालवाहक सवारी साधन ट्रक , ट्राक्टर , बस यहि मंगलवार १० गतेवाट शनिवार १४ गते सम्मको लागि वन्द गरिने सहमति भएको हो ।

 श्यामशिला भोजपुर सडक खण्डमा मर्मतको काम भईरहेकोले सवारीसाधन आवतजावतले काम गर्न कठिनाई भएको आयोजना प्रमुख तथा ठेकेदारको आग्रहमा वन्द गर्ने सहमती भएको हो । श्यामशिला भोजपुर सडक खण्ड बन्द गरिए पनि धरान देखि भोजपुरको श्यामशिला सम्म भने यात्रुवाहक वस सन्चालन हुने छ । गत वर्ष मनसुन शुरु भए लगत्तै वैशाखवाट भदौ सम्म पुर्ण रुपमा यात्रुवाहक वस श्यामशिला भोजपुर सडक खण्डमा चल्न सकेको थिएन । यस बर्षवाट मनसुनको समयमा पनि भोजपुर सदरमुकाम सम्म नै मालवाहक तथा यात्रुवाहक सवारी साधन आवतजावत हुने गरि निर्माण कार्य भईरहेको छ । 

0 comments:

Post a Comment