Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Wednesday, March 5, 2014

सामसोङको एकल साँझ हुने

भोजपुर—भोजपुरे गायक तथा संगितकार श्याम सामसोङको काठमाण्डौमा एकल साँझ हुने भएको छ । फागुन २४ गते राष्ट्रिय नाचघर जमलमा हुने एकल साँझमा सामसोङले मुर्चुङ्गामा रोए म, सारांगीमा रेटिएँ, मैच्याङ्ग, साईमा लगायत डेढ दर्जन आफ्ना गीतहरु गाउने छन् ।
एक दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील रहँदै आएका गायकलाई उक्त एकल साँझमा क्रेमेटिक व्याण्डले साथ दिने भएको छ । भारतीय राजदूताबासबाट छात्रबृत्तिमा एमक्युज गरिसकेका सामसोङले आधुनिक, रक, पप, लोकगीत आदि सबै खालका गीत गाइसकेका छन् ।

चर्चित एल्वम मुर्चुङगा पछि उनको साइमा एल्वम समेत बजारमा आइसकेको छ । ई. एण्ड. डब्लु. म्युजिक प्रा.लि.ले आयोजना गरेको उक्त एकल साँझमा उनीद्वारा निर्देशित बृत्तचित्र समेत प्रर्दशन गरिने भएको छ । उनले निर्देशन गरेको ‘पिखुवा एन इक्सपीडिसन’ नामक बृत्तचित्रमा भोजपुर जिल्लालाई दुई भागमा चिरेर बग्ने पिखुवा खोलाको शिर मैयुङदेखि अरुण नदीमा समाहित हुँदा सम्मका दृश्यहरु समेटिएको छ । उक्त बृत्तचित्रमा वर्तमान भौगोलिक अवस्था र पिखुवा जलधारसंग भोजपुर तथा भोजपुरबासीको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धहरुलाई उजागर गरिएको सामसोङले बताउनुभयो ।

0 comments:

Post a Comment