Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Monday, March 10, 2014

जन्ती वोकेको जीप पल्टदा एकको मृत्यु

फागुण २५
भोजपुर—जन्ती वोकेर भोजपुरको च्यांग्रेवाट चरम्वी जाँदै गरेको वा ४ च ८३७ नम्वरको जीप भोजपुरको पुर्वि तिवारी भन्ज्याङ्ग मावि छेउमा आईतावार साझ पल्टदा एकको मृत्यु भएको छ । साझ करिव ६ वजे तिर सडकवाट करिव ४ मिटर तल जीप खस्दा चरम्वी ६ का १६ वर्षिय विवेक भुजेलको घटना स्थलमा मृत्यु भएको हो ।

दुर्घटनामा परि ६ जना घाईते भएका छन् भने ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरि कार्यलयले जनाएको छ । घाईते सवैको प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीमा उपचार भईरहेको छ भने मृतक भुजेलको सव भने पोष्ट मार्टमको लागि जिल्ला अस्पताल भोजपुर आईतावार अवेर राति ल्याईएको छ । जीप चालक पोष्ट वहादुर मगरलाई  तिवारी भन्ज्याङ्ग प्रहरिले नियन्त्रणमा लिएको छ ।

0 comments:

Post a Comment