Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Tuesday, March 4, 2014

सुधारिएको चुल्हो निर्माण तालिम सम्पन्न

भोजपुर—राष्ट्रिय नविकरणिय उर्जा कार्यक्रम अन्तर्गत जिल्ला सेवा केन्द्र को रुपमा भोजपुरमा रहेको सामुहिक अभियानद्धारा उर्जा समुहका लागि सुधारिएको चुल्हो सम्वन्धी ८ दिने आधारभुत तालिम मंगलवार सम्पन भएको छ ।  
      २८ सहभागि रहेको तालिममा सुधारिएको चुल्हो निर्माण सम्वन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिईएको तालिमका प्रमुख प्रशिक्षक तथा जिल्ला सेवा केन्द्र सामुहिक अभियानका कार्यक्रम संयोजक मिलन भण्डारीले वताउनुभयो । नेपाललाई सन २०१७ सम्म धुवाँमुक्त घोषणा गर्ने अभियान स्वरुप कार्यक्रम सन्चालन भईरहेको छ । त्यहि अनुरुप भोजपुरमा सन २०१५ सम्म धुवाँ मुक्त गाविस घोषणा गर्ने अभियान अन्तर्गत कार्यक्रम सन्चालन भईरहेको जिल्ला सेवा केन्द्र सामुहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले वताउनुभयो । तालिममा सहभागिले आफ्नो गाविसमा सुधारिएको चुल्हो सम्वन्धी सैद्धान्तिक ज्ञान दिनुका साथै प्रत्यक घरमा सुधारिएको चुल्हो निर्माण गर्न सहभागि हुने भएका छन् ।


0 comments:

Post a Comment