Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Friday, July 26, 2013

जाँतो वनाउने सिप संकटमा

अवतार राई , भोजपुर 
  गाउघरमा प्रयोग गरिने परम्परागत घरेलु सामग्रीहरु सुविधासम्पन्न आधुनिक मेसिनरी सामग्री आयातित भए संगै हराउदै जान थालेको छ । प्रत्यक घरघरमा तथा एक टोलको एक पाएक पर्ने घरमा रहने गरि राखिने गरिएको ढिकि , जातो को कम प्रयोगले सामग्री संगै सिप भएका व्यक्तिहरु समेत कम जागर चलाउन थालेका छन् ।

खाद्यान्न अन्न मकै कोदो पिन्नको लागी विशेष प्रयोग गरिने जातो आजभोली कम प्रयोग गरिन थालिए पछि कठिन परिश्रम गरेर तयार गरिने ढुङ्गगाको जातो वनाउने सिप हराउन लागेको हो । खाद्यान्न वस्तुहरु पिस्न पिन्नको लागी नजिकमा मेसिनवाट चल्ने कुटानी पिसानी मिल आएपछि जातो वनाउन जागर चल्न छोडेको सिप भएका व्यत्तिहरु वताउछन् । परिश्रम गरे अनुसार खासै ज्याला नपाउने भएको कारण पनि पछिल्लो समयमा जाँतो निर्माण गर्न छाडेको सानोदुम्मा ४ चौकीवारीका रहरमान राई वताउनुहुन्छ । १४ वर्ष भएछ रहरमान राईले ढुङगालाई सिपको माध्यमद्धारा जाँतोमा परिणत गर्न थालेको । विशेष प्रकारको ढुङगालाई जातोमा परिणत गर्न कम मिहिनेतले भने हुदैन । आठ नौ दिन सम्म लगातार ढुङगालाई खेलाईरहनु पर्छ । अनि मात्र निश्चित प्रकारको आकार लिन्छ र प्रयोगको लागी तयार हुन्छ । यतिका मिहिनेत गरेर निर्माण गरिएको जाँतोको मुल्य श्रम भन्दा कम हुने गरेको छ । राईले एउटा जाँतोलाई २ देखी ३ हजार सम्म मात्र विक्री गर्ने गरेको वताउछन् । परम्परागत घरेलु सिपलाई वाध्यतावश मात्र निरन्तरता दिएको उनको भनाई थियो । “ वरु वाहिर काम गर्दा यो भन्दा वढि कमाई गर्ना सकिन्छ , जाँतो निर्माण पछि विक्री गरेर त श्रमको ज्याला नै उठ्दैन । श्रम अनुसारको ज्यालामा लान मान्दैनन् ग्राहकहरु , त्यसैले भने अनुसार विक्री गर्दा निमेक नै उठ्दैन । ” नियमित निर्माण गर्दै आईरहेका राई ले भने ।
 रहरमान राई मात्र होईन सानोदुम्मा भोजपुरमा जातो वनाउने सिप वोकेका पाँच घरका पाचँ व्यक्तिहरु अव यो सिपलाई निरन्तरता दिने सोचमा छैनन । अहिले सुविधा सम्पन्न कुटानी पिसानी मिलको कारणले घरेलु सामग्री जाँतो खरिद गर्ने व्यक्तिहरुको संख्या ह्वाक्तै घटेको छ । त्यसैले पनि उद्यमीहरु जाँतो उत्पादन गर्न तर्फ कम आकर्षित छन् ।
 नजिकमा आधुनिक मेसिनवाट चल्ने मिल आए पनि स्थानियहरुले आफ्नो घरमा रहेको जातो लगाएत ढिकिहरु कहिलेकाही प्रयोग गरिरहेको नै पाईएको छ । तर जातो वनाउने सिप वोकेका व्यत्तिहरु भने दिनानुदिन निष्कृय भएर वस्न थालेका छन् ।
भोजपुर सानोदुम्मा ४ चौकीवारी जातो वनाउनका लागी प्रख्यात ठाउ मानिन्छ । कडा ढुङगावाट निर्माण गरिने भएकाले सानोदुम्माको जातो खरिद गर्नका लागी कुनै वेला  जिल्लाका प्रत्यक गाविसहरुवाट साथै छिमेकी जिल्लाहरु खोटाङ्ग, संखुवासभा , धनकुटा लगाएत ठाउवाट समेत आउथे । अहिले पनि नआउने भने होईन तर एकदम कम मात्रामा माग हुने भएको हुदा परम्परागत घरेलु सिप लोप हुन लागेको हो । जातो वनाउने सिप लाई निरन्तरता दिने चाहाना भए पनि परिश्रम अनुसार मुल्य नपाईने भएकोले विस्तारै कृयाशिलतामा कमि हुदै गएको सिप भएका व्यक्तिहरु वताउछन् । परम्परागत घरेलु सिपको संरक्षण गर्नुपर्ने आवस्यकता धेरैले गरे पनि यसको संरक्षणमा कसैले अहिले सम्म कार्यन्वयन गर्ने खालको काम त के कुरा नै नलिएको उद्यमीहरु वताउछन् ।
 परम्परागत घरेलु सिपहरु दिनानुदिन लोप हुदै गईरहेको अवस्थामा जातो वनाउने सिप पनि अव केहि समयमा नै लोप हुदै छ । परम्परागत सामग्रीहरुको संरक्षण संगै यस्ता सिप वोकेका व्यक्तिहरुलाई समाजमा स्थापित हुने खालको कार्यक्रम ल्याउने हो भने परम्परागत सामग्री संगै सिप भएका व्यक्तिहरुको लाई यस प्रति आकर्षित गर्न सकिने छ । 



0 comments:

Post a Comment