Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Thursday, July 11, 2013

अरुणनदिको पक्किपुल निर्माण अन्तिम चरणमा पक्किपुल निर्माणसंगै भोजपुरको विकासको ढोका खुल्दै

अवतार राई ,
भोजपुर -
५० वर्ष अगाडी भोजपुर नेपालको सुगम जिल्लाको रुपमा परिचित थियो । कारण यहा गोरेटो , घोडेटो वाटोको लागी सुगम थियो । तर गोरटो र घोडेटो वाटोको सुगमताले मात्र विकासको ढोका खुल्न सकेन । यसर्थ अहिले भोजपुर पुर्वको विकट जिल्लाको सुचिमा पर्ने गरेको छ । यसको प्रमुख कारण यातायातको पहुचँ प्रत्यक्ष अन्य जिल्ला तथा राजमार्ग संग हुन नसक्नु पनि एक हो


केहि वर्ष अगाडी सहायक राजमार्गको रुपमा हिले भोजपुर नारदमणी राजमार्ग को रुपमा धुले सडक निर्माण भए संगै भोजपुरवाट यातायात सेवा भोजपुरवासीले पाएको छ । तर भोजपुर र धनकुटा विचमा पर्ने अरुणनदिको लेगुवामा पक्किपुल निर्माण नहुदा सडक आवतजावतमा फेरीको वैकल्पिक माध्यम अपनाउदै आएको छ । तर फेरी पनि वर्षात लागे संगै नदिमा पानीको वहाव वढ्नाले वन्द हुने गरेको छ ।  अरुण नदिको पक्कि पुल निर्माण संगै अव भोजपुरको विकासको ढोका विस्तारै खुल्ने भएको छ ।

 धनकुटा देखि भोजपुर सदरमुकाम जोड्ने हिले भोजपुर सहायक राजमार्गको निर्माणाधिन अरुण नदि जोड्ने पक्किपुल अन्तिम चरणमा पुगेको छ । आगामी सेप्टेम्वर ३ तारिकका दिन सवारी साधनहरु आवागमण हुने गरि निर्माणकार्य भैरहेको निर्माण संस्थाले जनाएको छ । धनकुटा र भोजपुर जोड्ने अरुणनदि पक्किपुल निर्माणका लागी वेलायत सरकारको अन्तराष्ट्रिय विकास विभाग ( डिफिड ) को करिव ६५ करोड २५ लाख  को आर्थिक सहयोगमा ग्रामिण पहुच कार्यक्रम अन्तर्गत निर्माण हुदै आएको छ । करिव ८५ प्रतिशत काम पुरा भएको तथा ३ करोड वरावरको काम गर्न वाकी रहेको निर्माणकार्यका प्रमुख ईन्जिनिएर महेन्द्रकुमार श्रेष्ठले वताए । लेगुवा अरुणनदिमा वन्दै गरेका पक्किपुल विचमा पिलर प्रयोग गरिएको छैन । यस प्रकारको पुल निर्माण संखुवा सभाको पिलुवा , सभाखोला र लेगुवा गरि ३ वटा मात्र निर्माण गरिएको हो । निर्माणाधिन अरुणनदि पक्किपुल नेपालको नै पहिलो अभ्यास रहेको र यो नेपालको वातावरणिय हिसावले पनि सुहाउदो रहेको ईन्जिनिएर महेन्द्रकुमार श्रेष्ठ वताउनुहुन्छ ।

  सन २०११ डिसेम्वरमा शुरु गरिएको पक्किपुल निर्माण कार्य यहि जुलाई १३ मा सम्पन्न गरिने सम्झौता गरिए को थियो । चिनियाँ कम्पनी सिटिसि र कालिका कन्ट्रक्सन कम्पनी ( संयुक्त ) ले तोकएको समयमा काम सम्पन्न गर्न नसके पछि यहि सेप्टेम्वर ३ मा सम्पन्न गर्न समय थपिएको थियो । वेलायति रेईङ स्टिल युकेको नक्सा डिजाईन र स्टिमेटमा निर्माण हुन लागेको सिङगल स्पान स्टिल ट्रस्ट ब्रिज्डको लम्वाइ १ सय २० मिटर र चौडा ७ मिटर रहेको छ । निर्माण पुर्व गरिने परिक्षण अन्तर्गत नदिपारी धनकुटाको माटो परिक्षण गलत रहेको साथै प्रयोग गरिएको सिमेन्ट पुर्णरुपमा राम्रो नभएकोले ५० प्रतिशत काम भएपछि पनि पुन शुरु देखि निर्माणकार्य गर्नुपरेकोले तोकिएको समयमा काम पुरा गर्न नसकिएको सिटिसि कालिका जोएन्ट भेन्चरका प्रोजेक्ट मेनेजर उज्वल प्रसाईले वताए । “ चलिरहेको फेरि वन्द साथै नेपाल वन्दले सामान ढुवानीमा समस्या भएको कारण पनि तोकिएको समयमा काम पुरा गर्न नसकेका हौ । अव लगातार लामो वन्द नभएको खण्डमा यहि सेप्टेम्वर ३ मा काम सम्पन्न गर्ने छौ ।” प्रोजेक्ट मेनेजर प्रसाईले भने ।

  शनिवार निर्माणकार्य अवस्थाको वारेमा अवलोकन गर्न भा्ेजपुर जिल्लाका राजनैतिकदल प्रतिनिधी , नागरिक समाज , प्रमुख जिल्ला अधिकारी , स्थानिय विकास अधिकारी तथा पत्रकार को टोली निर्माण स्थलमा पुगेका थिए । टोलीले निर्माणकार्यको वारेमा सोधखोज साथै पछिल्लो समयमा आएको हल्लाको वारेमा जिज्ञासा राखेका थिए । काम तोकिएको समयमा पुरा हुने र पछिल्लो समयमा आएको हल्ला गलत रहेको मेनेजर प्रसाईले वताए ।

  अरुणनदिको लेगुवामा पक्किपुल निर्माण संगै सडकआवत जावत हुनाले मन्द गतिले अगाडी वढिरहेको भोजपुरको विकास दु्रत  गति पाउने नागरिक समाज भोजपुरका उपाध्यक्ष नेत्रविनोद लुईटेल वताउनुहुन्छ । “ निर्माणाधिन पक्किपुल भोजपुरको भाग्य र भविष्य संग जोडिएको छ । पुल निर्माण सम्पन्न संगै भोजपुरको स्वरुप वदलिने छ । ” उपाध्यक्ष लुइृटेल ले भने । अरुणनदिको पक्किपुल निर्माण संगैे अन्य जिल्ला तथा राजमार्ग संग प्रत्यक्ष नजोडिएको भोजपुरको सडक यातायात सम्वन्ध नजिकिने छ ,जस्ले पछि परेको भोजपुरको स्वरुप वदलिने सरोकारवालाहरुको दावि छ ।

0 comments:

Post a Comment