Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Thursday, July 18, 2013

भानुभक्तको सम्झनामा साहित्य गोष्ठी


अवतार राई
 भोजपुर÷ २ सय औ भानु जयन्तीको अवसरमा शनिवार भोजपुरमा साहित्यिक गोष्ठी सम्पन्न भएको छ । त्रीवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा भएको कार्यक्रममा भोजपुरका साहित्यकारहरुले साहित्यिक रचना वाचन गरेका थिए ।
 छन्दात्मक रचना , कविता , गजलको माध्यमद्धारा विद्यमान देशको राजनैतिक अवस्थाको वारेमा रचना मार्फत व्यङय तथा तिखो प्रहार अधिकांसले साहित्यिक गोष्ठीमा गरेका थिए । लोकसाहित्यकारको रुपमा परिचित मोक्तान भाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १५ भन्दा वढि साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए ।

 तनहुको रम्घामा वि.सं. १८७१ असार २९ गते धनन्जय आचार्यको रुपमा भानुभत्त आचार्य जन्मिएका थिए । असार २९ गते जन्मिएका भानुभक्त आचार्यको यहि जन्मलाई आधार मानि प्रत्यक वर्ष भानु जयन्तीको रुपमा साहित्यको क्षेत्रमा कृयाशिल संघ सस्था व्यक्तिहरुले विभिन्न कार्यक्रमहरु गरि मनाउने गर्दाछन् । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य यतिवेला मात्र नेपालीको जनजिव्रोमा झुन्डिएका थिए , जतिवेला उनका कृतिहरु पुस्तकाकारका रुपमा प्रकाशित भयो । आचार्यका रचनालाई पुस्तकाकार गरि नेपालको जनजिव्रोमा झुन्ड्याउने काम भने मोतिराम भट्टले गरेका थिए । उनले लेखेका कृतिहरुमा बधुशिक्षा , भक्तमाला , प्रश्नोत्तरी आदि हुन् । आचार्यले वाल्मिकिए रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए ।
 साहित्यिक गोष्ठिलाई सम्वोधन गर्नुहुदै साहित्यकार मोक्तान भाईले अधिकांसले साहित्यलाई अनुत्पादक क्षेत्र भन्नेले साहित्यलाई नवुझेको ले यस्तो भन्ने गरेको वताउनुभयो । कार्यक्रमका सभापति त्रीवेणी साहित्य प्रतिष्ठान भोजपुरका उपाध्यक्ष तथा प्राध्यापक खगेश्वर भट्टराईले भानुभक्त आचार्य त्यो वेलाका नेपाली भाषा , साहित्यको मात्र नभएर एकताको नै रुपमा रहेको वताउनुभयो । भानुभक्त आचार्यलाई पछिल्लो समयमा आलोचनात्मक समर्थकको रुपमा धेरैले सम्झिने गरेको भटराईको भनाई थियो । “ समाजको ऐनाको रुपमा साहित्यलाई लिने गरेको कारण त्यो वेलाको समयमा उनि नारी प्रति संवेदनशिल नभएको ले आलोचनात्मक रुपमा धेरैले लिने गरको छ । ” उपाध्यक्ष तथा प्राध्यापक खगेश्वर भट्टराई ले भने ।


0 comments:

Post a Comment