Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Thursday, July 11, 2013

बाढी पिडितलाई सहयोग


अवतार राई , असार २७
 भोजपुर÷सुदुर पश्चिममा गएको बाढी बाट पिडित परिवारलाई भोजपुरका कर्मचारी र उद्योगीहरुले सहयोग पठाएका छन् । भोजपुरमा रहेका सरकारी कार्यालयका कर्मचारी तथा उद्योग बाणिज्य संघको पहलमा संकलन गरिएको १ लाख ३८ हजार ८ सय ९३ रुपैया विहीवार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।
सुदुर पश्चिमका बाढी पिडितहरुलाई सहयोग गर्न कर्मचारीहरुले स्वस्फुर्त रुपमा आधा दिनको तलव प्रदान गरेका थिए । जिल्लामा रहेका सबै सरकारी कर्मचारीहरुको आधा दिनको तलवबाट ९९ हजार १ सय ६३ रुपैँया संकलन भएको थियो । त्यसैगरी उद्योग वाणिज्य संघले पनि जिल्लाका उद्योगी व्यापारीहरुबाट ३९ हजार ७ सय ३० रुपैया संकलन गरेको थियो ।

जिल्लामा रहेका सवै सरकारी कार्यालयबाट रकम संकलन गरी कर्मचारी मिलन केन्द्रको पहलमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको केन्द्रका अध्यक्ष सिताराम श्रेष्ठले बताए । 

0 comments:

Post a Comment