Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Tuesday, January 21, 2014

भोजपुरमा डवली मेलाको रौनक

भोजपुर— पुर्वी पहाडी जिल्ला भोजपुरमा शनिवारवाट ऐतिहासिक डवली मेला शुरु भएको छ । कला संस्कृतिको संरक्षण गरौ प्रवद्र्धन गरौ भन्ने नाराका साथ शुरु गरिएको डवली मौलिक पहिचानको रुपमा प्रत्यक वर्ष भोजपुरमा लाग्दै आईरहेको छ । नेपाल पत्रकार महासंघ भोजपुरको निर्माणाधिन भवन सहयोगार्थ भोजपुर गाविसले डवली मेलाको आयोजना गरेको हो ।

 ऐतिहासिक डवली मेला मा हस्तकलाका सामग्री , कृषिजन्य उत्पादन , राडीपाखी , घरेलु उद्योगवाट उत्पादन भएका खुकुरी , करुवा लगाएतका स्टलहरु रहेका छन् । मेलामा मनोरन्जानात्मक खेल , पिङ्ग र स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक तथा सास्कृतिक प्रस्तुतिहरु रहने छन् । शसस्त्र द्धन्दकालमा वन्द भएको डवली मेला शान्ती प्रकृयामा देश आएयता ०६५ सालदेखि निरन्तर रुपमा लाग्दै आईरहेको छ ।
 प्रत्यक वर्ष सन्चालन गरिने डवली गत वर्ष भोजपुर गोल्डकप सहयोगार्थ सन्चालन गरिएको थियो । गाविसको आयआर्जन को लागी तथा वस्तुगत उद्धेश्य पुरा गर्नका लागि सन्चालन गरिदै आएको डवली मेला आयोजक समितिका संयोजक तथा गाविस सचिव प्रेमकुमार शाक्य ले वताउनुभयो । यहि पौष २० गते शनिवार वाट शुरु भएको डवली मेला माघ ११ गते सम्म सन्चालन हुनेछ । मेलामा जिल्लावासी तथा छिमेकी जिल्ला खोटाङ्ग , संखुवासभा , धनकुटा छिमेकी जिल्लावाट पनि आउने क्रम वढेको छ ।


0 comments:

Post a Comment