Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Wednesday, January 22, 2014

भोजपुर आईडलको तेस्रो चरणमा २० प्रतिस्पर्धी

भोजपुर—अशोज महिना देखि शुरु भएको भोजपुर आईडलको तेस्रो चरणमा २० प्रतिष्पर्धी पुगेका छन् ।
 स्थानिय नवोदित कलाकारहरुलाई संगीतको मुल धारमा पु¥याउने लक्ष्यका साथ कटुन्जे युवा क्लव धोद्लेखानी भोजपुरले आईडलको आयोजना गरेको हो । नविर्साै आफ्नो जन्मभुमि नतोडौ हाम्रो भातृत्व भन्ने मुल नाराका साथ गतवर्ष वाट भोजपुर आईडलको शुरुवात भएको हो ।
मोफसलमा रहेको नवोदित कलाकारलाई सांगितिक क्षेत्रको मुलधारमा ल्याउनका तथा लुकेर रहेको क्षमतालाई प्रस्फुटन गर्न आईडलको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बाजेन्द्र किरातीले वताए ।
 आईडलमा विजेता प्रथम , दोश्रो र तेस्रो हुने प्रतियोगिले नगद सहित एल्वममा गाउने अवसर पाउने अध्यक्ष किरातीले वताए । आईडलको फाईनल चरण चैत्रमा हुने वताईएको छ । 



शनिवार भोजपुर सामुदायिक भवनमा भएको दोश्रो चरणमा ३० प्रतिष्पर्धीहरु विच भएको छनौटमा २० प्रतिष्पर्धी पर्न सफल भएका हुन् ।

0 comments:

Post a Comment