Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Thursday, August 8, 2013

यायोक्खाको २६ औ स्थापना दिवश मा छात्रवृत्ति वितरण

भोजपुर — किरात राई यायोक्खाको २६ औ स्थापना दिवशको अवसरमा मंगलवार अक्षयकोष तथा छात्रवृक्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । पुर्खाैली भुमी र पहिचानको रक्षार्थ हाम्रो अभियान किरात स्वायत्त राज्य सहितको नयाँ संविधान भन्ने मुल नाराका साथ मनाईएको कार्यक्रममा ३ जना गरिव , असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।
 नारायणप्रसाद थुलुङ्ग , अमृतादेवी , देविराम छात्रवृक्ति कोष मार्फत चम्पे २ भोजपुरका कक्षा ५ मा अध्ययनरत रिणा राई लाई रु २५ सय नगद वितरण गरिएको थियो । यसैगरि नरहरि टिकालक्ष्मी जमुना अक्षयकोष मार्फत २ जना विद्यार्थीलाई छात्रवृक्ति वितरण गरिएको थियो । श्यामशिला १ हिलेभन्ज्याङ्ग भोजपुरका कक्षा ६ मा अध्ययनरत बासना राई र सगरमाथा उच्चमावी घोरेटारमा कक्षा १० मा अध्ययनरत सम्झना राईलाई जनहि रु ६ हजार ५ सय प्रदान गरिएको थियो ।
 किरात राई समुदायका विद्यार्थीहरुलाई उत्साहित वनाउन अध्ययनमा लगनशिल मेहनती वनाउनका लागी अक्षयकोष स्थापना गरिएको किरात राई यायोक्खा जिल्ला कार्य समिती भोजपुरका अध्यक्ष तथा केन्द्रिय सदस्य पाविहाङ्ग राईले वताउनु भयो । “छात्रवृक्तिको माध्यमले विद्यार्थी लगाएत स्वयम अभिभावकलाई समेत आफ्नो वालवालिकालाई नियमित अध्ययन का लागी वातावरण वनाउन हौसला प्रदान गर्न प्रत्यक वर्ष स्थापना दिवशको दिन छात्रवृत्ति वितरण गरिदै आएका छौ । ” अध्यक्ष राईले भने ।
 कार्यक्रममा राजनैतिक दल प्रतिनिधि , समाजसेवी , नागरिक समाज तथा किरात राई समुदायहरुको उपस्थिति रहेको थियो ।

0 comments:

Post a Comment