Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Sunday, August 18, 2013

समाणुपातिक सिट संख्या घटाउनु अन्तरिम संविधानलाई कुल्चिनु हो — रामसिंह राई

अवतार राई , भाद्र २
भोजपुर — ४ दलिय सिन्डिकेटले अन्तरिम संविधानलाई कुल्चिनएर समाणुपातिक सिट संख्या घटाउने प्रयास गरेको संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य रामसिंह राईले वताउनु भएको छ । समाणुपातिक सिट संख्या घटाएर अल्पसंख्यक , सिमान्तकृत , दलित , महिला , आदिवासी जनजातिको प्रतिनिधित्व घटाउने प्रयास गरिएको राईको भनाई थियो । साउन ३२ र भाद्र १ गते २ दिने छैटौ जिल्ला वैठकको निर्णाय सार्वजनिक पत्रकार संमेलनमा राईले यस्तो वताउनु भएको हो ।
 संविधानसभाको सिटसंख्या ६०१ नै यथावत गरिनुपर्ने साथै राजनैतिक दलको नेतृत्वले नै निर्वाचन गराउनु पर्ने माग पुरा भए मंसिर ४ गतेको निर्वाचनमा सहभागि हुन सक्ने कुरामा राई को जोड थियो । तोकिएको मंसिर ४ मा निर्वाचन हुन नसक्ने तर तत्काल ४ दलिय राजनैतिक संयन्त्रले पार्टीले उठाएको माग प्रति गम्भिर भएर प्रतिवद्धता गर्ने हो भने मंसिर ४ गते संघिय समाजवादी पार्टीले नसोचेको परिणाम ल्याउन सक्ने चुनौति समेत दिनुभयो ।
 छैटौ वैठकले विशेष गरेर सप्तकोशी उच्चवाँध प्रति गम्भिर ध्यानाकर्षण साथै विकास निर्माणका सवालहरुमा गाविस तथा जिविसले निर्दैशिका वमोजिन वजेट विनियोजन नभएकाले लक्षित समुदाय प्रभावित हुन नसकेको विषयमा छलफल तथा निर्णाय भएको थियो । पार्टीले केन्द्रिय कार्यक्रम अनुसार यहि ६ गते जिल्ला सदरमुकाममा कालो झण्डा सहित विरोध जुलुस कार्यक्रम गर्ने जिल्ला अध्यक्ष मणिकुमार राईले वताउनुभयो ।    

0 comments:

Post a Comment